Rule 89
अनुमतिपत्रको बिक्री वा हक हस्तान्तरण वा खारेज गर्ने

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले ऐनको दफा ४ को उपदफा (५) बमोजिम आफ्नो अनुमतिपत्र बिक्री गर्न वा अन्य कुनै प्रकारले हक हस्तान्तरण गर्न चाहेमा अनुमतिपत्र प्रदान गर्न सक्ने अधिकारीबाट स्वीकृति लिनु पर्नेछ ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले ऐन र यस नियमावली विपरीत कुनै काम गरेमा अनुमतिपत्र प्रदान गर्न सक्ने अधिकारीले ऐनको दफा ८ बमोजिम कारबाही गर्न वा अनुमतिपत्र खारेज गर्न सक्नेछ ।